विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय अनुसन्धानको केन्द्र बनाउनुपर्छ: शिक्षामन्त्री पौडेल

 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, सहित, कला र इतिहासको अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्ने बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औैं वार्षिकोत्सव तथा प्रथम त्रियान प्रज्ञा सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले विश्विद्यालय ज्ञान निर्माणको स्थल भएकाले अन्तर्राष्ट्रिय अनुसन्धानको केन्द्र बनाउनुपर्ने बताएका हुन् ।

विश्वविद्यालयको सहकुलपति समेत रहेका मन्त्री पौडेलले लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रहरुको एकीकृत, अनुसन्धानका निमित्त संघ, प्रदेश साथै स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने बताए । शिक्षालाई बहुआयामिक पक्षबाट अध्ययन गर्ने तथा बौद्ध शिक्षालाई जीवनोपयोगी बनाउन प्रयोगात्मक रुपले अनुशरण गर्ने आवश्यकतालाई दृष्टिगत गरी विश्वविद्यालयलाई शैक्षिक अनुसन्धानको केन्द्र बनाउनुपर्छ’ उनले भने । नेपालमा प्रचलित ३ वटा यानहरु थेरवान, महायान, बज्रयानभित्रका परम्परालाई शैक्षिक प्रणालीको मूलधारसँग जोड्ने गरी पाठ्यक्रमको निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्री पौडेलले अनुसन्धान कार्यलाई शिक्षण सिकाईको अभिन्न अंग बनाउनका अतिरिक्त संकायको प्राज्ञिक क्षमतलाई सुदृढ बनाउनका लागि विश्वविद्यालयका शिक्षक, प्राध्यापकहरुलाई अनुसन्धानमा अभिप्रेरित गर्नुपर्ने बताए । लुम्बिनीको शैक्षिक विकासका लागि मन्त्रालयले थप सहयोग गर्ने बताउँदै दुरदृष्टियोजना र कार्यक्रमलाई सफल बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले शैक्षिक कार्यक्रमहरु वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, प्राविधिक तथा बौद्ध शीपयु क्त जनशक्ति उत्पादनमा केन्द्रीत रहनुपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार