सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका सुवेदीको योग्यता पुग्ने ठहर (फैसलाको पूर्णपाठसहित)

सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य भएको ठहर गरेको छ । सुवेदीको योग्यता नपुगेको भन्दै परेको रिटमा तेजबहादुर केसीको एकल इजलासले सो ठहर गरेको हो । संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सहसचिव स्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्नेछ ।

तर सुवेदीले राजपत्रांकित प्रथम श्रेणीको पदमा १० वर्ष ४ महिना १८ दिनमात्र काम गरेका थिए । त्यसपछि उनी उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका थिए । उच्च अदालतको मुख्य न्यायाधीश भई उनले ३ वर्ष २ महिना ३ दिन काम गरेका थिए । मुख्य न्यायाधीश पद राजपत्रांकित प्रथम श्रेणीको सहसचिव स्तर र विशिष्ट श्रेणीको सचिव रजिष्ट्रार र सोही श्रेणीको मुख्य रजिष्ट्रारको पदभन्दा माथिल्लो पद रहेको हुनाले मुख्य न्यायाधीशको भरपूर योज्यता पुग्ने व्याख्या सर्वोच्चले गरेको छ ।

सर्वोच्चको मुख्य रजिष्टारबाट उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका सुवेदीको योग्यता सर्वोच्चको न्यायाधीश हुनका लागि पर्याप्त रुपमा पुगेको अदालतले ठहर गरेको छ ।

हेर्नुहोस् फैसला

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार