राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षको उम्मेदवारी शुल्क एक लाख रुपैँया तोकिएको छ । राप्रपा केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्षको उम्मेदवार बन्न एक लाख शुल्क निर्धारण गरिएको हो ।
यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार तोकिएको छ । यसैगरी महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ ।
राप्रपाको निर्वाचन १५,१६ र १७ मा काठमाडौंको भृकुटीमण्डपमा जारी छ।