प्रधानन्याधीशलाई विदामा बसेर कार्यबहाक तोक्न गठवन्धनको सुझाव

सत्तारूढ पाँच दलका शीर्ष नेताको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई विदामा बसेर कार्यवहाक प्रधानन्यायधीश तोक्न सुझाव दिएका छन् ।

बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायधीश बिरामी परेकाले तत्काल कार्यवहाक न्यायधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।

बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ ।’

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए ।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएपछि अस्पतालमा भर्ना भएका छन् । जबरा विभिन्न विवादमा मुछिएपछि उनको राजीनामा माग्दै कानून व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् । जबराको स्वेच्छारिता बढेपछि सहकर्मी न्यायाधीशहरु पनि उनी विरुद्धमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार