नेपालमा भयावह बन्दै कोरोना: एकैदिन १३ जनाको मृत्यु, थप ५५९ जनामा संक्रमण

पछिल्ला केही दिनमा नेपालमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा देखिएको छ । नेपालको छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहर सुरुवात भएसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको हो । यसैबिच सोमबार थप ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिललो २४ घण्टामा देशभर गरिएको ४३ सय ७८ पिसिआर परिक्षणका क्रममा ४९६ जना र ७२७ एन्टीजेन परिक्षणका क्रममा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ ।

त्यस्तै थप १ सय ३८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार १६५ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म तीन हजार ५३ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् ।

हाल नेपालमा ३ हजार ३०६ जना आइशोलेशन र ८५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २३ लाख १७ हजार २८४ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार