अभिनेत्री रेखा थापा राप्रपाको महामन्त्रीमा उठ्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा महामन्त्री पदका लागि अभिनेत्री रेखा थापाले उम्मेदवारी दिने भएकी छिन् । उनले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिने भएकी हुन् । राप्रपाको आजबाट महाधिवेशन सुरु भएको छ। अध्यक्षमा कमल थापा र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्।

राप्रपाको विधानअनुसार महामन्त्रीमा एक महिलासहित तीन जना निर्वाचन गर्ने प्रावधान छ। विधानअनुसार नै रेखा थापाले महिलातर्फ आफ्नो दाबेदारी प्रस्तुत गर्ने बताइएको छ। लिङ्देनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणा पनि दाबेदार छन् ।

त्यस्तै कमल थापा प्यानलबाट कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार