एमाले महाधिवेशनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा शुभकामना दिन अध्यक्ष प्रचण्ड पुगेका हुन् । ६ दिनअघि भएको एमालेको १०औँ महाधिवेशनमा सहभागी नभएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी हुन पुगेका हुन् ।

शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरु पनि सहभागी भएका छन् ।

राप्रपाकाे आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार