ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’

संयोग : दुवैको बराबर मत

नेकपा एमालेको १०औँ महाधिवेशनले केपी ओलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा भएको महाधिवेशनमा भएको मतदानबाट नेतृत्व चयन गरिएको हो ।

अध्यक्षमा विजयी भएका ओलीले १८४० ल्याए । तर, ओलीभन्दा बढी मत ल्याएर उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा गोकर्ण विष्ट निर्वाचित भएका छन् ।

ओलीको भन्दा उनीहरूले बढी मत ल्याएर महाधिवेशनमा पपुलर मत पाएका हुन् । संयोयवस उनीहरु दुवैले बराबर मत पाएका छन् । उपाध्यक्षमा निर्वाचित शाक्य र सचिवमा निर्वाचित विष्ट दुवैले १ हजार ९७६ मत पाएका छन् ।

साथै ओलीभन्दा बढी मत पाउने पदाधिकारीमा सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १८४२ मत पाएका छन् ।

साथै सचिवमा निर्वाचित योगेश भट्टराईले पनि ओलीको भन्दा बढी मत ल्याएका छन् । उनले १९६४ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार