एमाले सचिवमा ओलीले प्रस्ताव गरेका सात जना विजयी

गोकर्णलाई लोकप्रिय मत

एमाले १०औँ महाधिवेशनबाट सात जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ विजयी भएका हुन् ।

विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत ल्याए ।

सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार