ओलीको सर्वसम्मत सूचीविरूद्ध उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित

उपाध्यक्ष जित्नेमा अष्टलक्ष्मीको सबैभन्दा बढी, बादलको सबैभन्दा कम मत

घनश्याम भुसाल नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका छन् । ६ जना उपाध्यक्ष निर्वाचित हुँदा केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित भएका हुन् । भुसालले ७२५ मत मात्रै पाएका छन् ।

उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएकी छन् भने रामबहादुर थापा बादलले सकैभन्दा कम मत पाएका छन् । खसेको २०९६ मतमध्ये शाक्यले १ हजार ९७६ मत पाएकी छन् ।

त्यस्तै सुरेन्द्र पाण्डेले १ हजार ९२५, सुवासचन्द्र नेम्वाङले १ हजार ८६५, विष्णु पौडेलले १ हजार ८५६, युवराज ज्ञवालीले १ हजार ८४२ र बादलले १ हजार ७६८ मत पाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार