तीन लाख सैनिक भर्ती गर्न राष्ट्रपति सीकाे निर्देशन

युद्धका बेला अग्रिम मोर्चामा तैनाथ हुन चीनले तीन लाख थप सैनिक भर्ती गर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले युद्धलाई धारिलाे र मजबुत बनाउनका लागि सैनिक भर्तीको निर्देशन दिएका हुन् । यसका लागि तीन लाख सैनिकको आवश्यकता पर्नेछ ।

चिनियाँ सेनाका मुख्य कमान्डरसमेत रहेका सी जिनपिङले सैन्य प्रतिभाका लागि भएको सम्मेलनलाई सम्बोधन गर्दै ती प्रतिभासँग सशस्त्र चिनियाँ सेनामा उच्च गुणवत्ताको विकासशील चाबी भएको बताए । साथै सैन्य प्रतिस्पर्धामा विजयी हुन र भावी युद्धमा सक्रिय हुन सैनिक थप प्रतिभावान् हुनु जरुरी रहेको बताए । सीका अनुसार पिपल्स लिब्रेसन आर्मी (पीएलए) को सन् २०२७ सम्मको लक्ष्यलाई निर्धारित गर्न नयाँ प्रतिभालाई समर्थन गर्न आवश्यक छ ।

वार्षिक २ सय ९ अर्ब डलर सैन्य बजेट खर्चेर चिनियाँ सेनालाई अत्याधुनिक बनाउने प्रयत्न जारी छ । संगठनात्मक सुधार गर्दै सेनाको हाइपरसोनिक हतियारलाई समेत कम गरी नयाँ अस्त्रशस्त्रले सुसज्जित बनाइँदै छ ।

अमेरिकी सेनाले चीनले हालसालै मात्र लामो दूरीको मिसाइल लन्च गरेको र त्यसले विश्वलाई फन्को लगाउन सक्ने बताएका छन् । त्यसलाई हाइपरसोनिक वाहनमार्फत छोडिएको थियो । लक्ष्यलाई भेद गर्दै उक्त मिसाइल चीन फर्किएको थियो ।

चिनियाँ राष्ट्रपतिले भने लड्ने क्षमतालाई थप बलियो बनाउन जितको सुरुवाती बिन्दु सशक्त बनाउन जरुरी रहेको बताएका छन् । यसका लागि सैन्य प्रतिभालाई निर्खानु नै पहिलो लक्ष्य हुने उनको भनाइ छ ।

‘युद्ध जित्नका लागि सैन्य अधिकारीले वैज्ञानिक शिक्षाका साथै प्राविधिक क्षमतालाई पनि बढाउनुपर्ने हुन्छ । सैन्य अधिकारीलाई प्रथम श्रेणीको सैन्य प्रशिक्षण मिलोस् भन्नका लागि प्रथम श्रेणीको सैन्य स्कुलसमेत स्थापना गर्नुपर्ने आवश्यकता छ’ सीले भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार