कोटेश्वरबाट ५ जुवाडे पक्राउ, साढे ६ लाख बरामद

प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी ईश्वर कार्की, काठमाडौँ–३२ पेप्सीकोला घर भएका नवराज थपलिया, काभ्रे घर भएका दीपक तामाङ र दीपक तिमल्सिना तथा रामेछापको खाँडादेवी घर भएका सागर केसी छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले जुवा खालबाट ६ लाख ५८ हजार नगद र २० बुक तास बरामद गरेको छ ।

काठमाडौं प्रहरीका अनुसार प्रहरी प्रभाग, कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद गरेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार