एमालेको १०औँ महाधिवेशनमा ९ करोड रुपैयाँ खर्च

चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ ।

निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लम्बिँदा नौ करोड खर्च हुन पुगेको उनले बताए ।

‘यो अलि अप्रत्यासित भयो वास्तवमा । यसले अलि बढी खर्च भयो । महाधिवेशन लम्बिँदा खान बस्ने एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुई दिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ । सबै बिलहरू आइसकेपछि थाहा हुन्छ ।’

ललितपुरको गोदावरीमा आयोजित विधान महाधिवेशनमा ४ करोड ७१ लाख खर्च भएको जानकारी पनि उनले दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार