भैरहवाबाट बागलुङका लागि छुटेको बस पाउदुरमा दुर्घटना, एक जनाको मृत्यु, ८ घाइते

कास्कीमा यात्रवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउदुर घुम्तीमा भैरहवाबाट बागलुङका लागि छुटेको लु१ख ७७६६ नम्बरको यात्रुवाहक बस बिहान करिब ७ बजे दुर्घटना हुँदा बस चालक पाल्पा घर भएका ४६ वर्षीय भूपेन्द्र खनालको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

चालक खनाललाई बसले च्यापिएको अवस्थाबाट उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा बिहान ९ बजे चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

दुर्घटनामा बागलुङका शिवराम शर्मा, कृष्ण खड्का, राजु श्रेष्ठ, उमलाल श्रेष्ठ, सुवर्ण सापकोटा, पर्वत फलेवासका सूर्य तिवारी, चितवन भरतपुरका साधना उपाध्याय, दुर्घटनास्थल पाउदुरकी माया विक घाइते भएको प्रवक्ता तिवारीले जानकारी दिए ।

उनीहरुको पोखरास्थित फिस्टेल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार