मेसीले जिते सातौँपल्ट बेलन डे’अर

लियोनल मेसीले सोमबार सातौं पल्ट प्रतिष्ठित बालोन डे’अर जितेका छन् । व्यक्तिगत रूपमा उनको खेल जीवन यो वर्ष उतारचढावपूर्ण रह्यो, तर उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका भने जिते । अर्जेन्टिनी मेसीले यही उपाधिका कारणले आफूले बालोन डे’अर जितेको पनि मानेका छन् ।

यो सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डि तथा फ्रान्सका करिम बेन्जिमालाई पछि पारे । उनले सिनियर टिमबाट देशका लागि जितको यो अन्तराष्ट्रिय उपाधि समेत हो । साथै ४० यो वर्ष उनले ४० गोल समेत गरेका थिए ।

अवार्ड कार्यक्रम पेरिसमा आयोजना गरिएको थियो र संयोगले अहिले उनी पेरिसकै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्छन् । महिलातर्फ भने स्पेनकी एलेक्सिया पुटेलासले बालोन डे’अर अवार्ड जितिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार