बागलुङको बलेवामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बागलुङको बलेवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १४ मा पर्ने नारायणस्थानको कैया नजिकै भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । बागलुङबाट सारंगीतर्फ जाँदै गरेको ध १ च ३६० नम्बरको ट्याक्टर सोमबार साँझको समयमा कैया पाखामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते अर्को एक जनाको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरेर पर्वत अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइते जैमिनी नगरपालिका भण्डारका १३ वर्षीय सुदीप केसी हुन भने मृतकको नाम र ठेगाना खुलिसकेको छैन ।  चालक बागलुङ नगरपालिका–१३ पाउजा बस्ने अन्दाजी २५ वर्षीय विष्णु क्षेत्री फरार रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार