युवा पुस्ताको बढ्दो ‘हुक्का’ मोह, असरबारे अनविज्ञ

आजकल हुक्का युवामाझ निकै लोकप्रिय भएको छ । साथीभाईबीच भेटघाट हुँदा होस् या चाडपर्वको बेला, कलिलो उमेरका युवा युवती बार तथा रेस्टुरेन्टमा हुक्का तानिरहेको दृश्य देख्नु खासै नौलोे लाग्दैन ।

बालबालिका देखि वयस्कसम्मले यसको प्रयोग बढाएपछि यसले विकृतिको रुप लिएको हो । पछिल्लो समय नेपाली समाजमा परिवारको जेष्ठ सदस्यले सुर्ती जन्य पदार्थ प्रयोग गर्ने परम्परा भने घटेको छ तर विभिन्न स्वादमा उपलब्ध हुने हुक्काको प्रयोगमा युवा पुस्ता फस्न थालेका छन् यसले स्वास्थमा पार्ने असरबारे भने उनीहरु बेखबर छन् ।

चिकित्सक प्रताप नारायण प्रसाद हुक्का चुरोट भन्दा कम खतरनाक नभएको बताउछन् । उनका अनुसार हुक्का प्रयोग गर्ने र त्यसको धुवा सुघ्न बाध्य मानिसमा खतरनाक रासायन बेन्जीनको प्रभाव परेर रक्त क्यानसर ल्युकेमिया हुने स्वभावना देखिएको छ ।

हुक्कामा प्रयोग गरिने सुर्ती मोजेलमा स्वादका लागि ३० प्रतिशत सुर्तीलाइ मोलासेस् तथा ग्यसेरीन र रासायनिक तत्वसँग मिसाएर तयार पारिन्छ ।

हुक्काले ल्युकेमियाको खतरा मात्र होइन फोक्सो र मुटुको क्यानसर तथा मुटुको कोरोनरी बढाउने र क्षेयरोग हुन सक्छ । सरकारले सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा विक्रि तथा वितरण गर्न समेत रोक लगाएको छ तर दैनिक रुपमा प्रयोगमा आउने हुक्काको प्रयोगलाई न्युनिकरण तिर भने कसैको ध्यान गएको छैन् ।

हुक्का सेवनको नियन्त्रणका लागि कर बढाउने, बिज्ञापनमा रोक लगाउने, निश्चित ठाउँमा मात्र विक्रि वितरण र धुम्रपान सेवन गर्ने नियम लागु गर्न जरुरी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार