बागलुङमा भीरबाट र रुखबाट लडेर दुई जना घाइते

बागलुङमा भीरबाट र रुखबाट लडेर दुई जना घाइते भएका छन् । ढोरपाटन नगरपालिका ९ बस्ने नर बहादुर घर्तीको छोरा २० वर्षीय चरण घर्ती भीरबाट लडेर घाइते भएका हुन् । घर्तीको टाउको र शरिरमा चोट लागेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी बागलुङले जनाएको छ ।

यस्तै बागलुङकै बडिगाड गाउँपालिका ८ बस्ने ५४ वर्षीय टेक बहादुर काउचा रुखबाट लडेर घाइते भएका छन् । घर नजिकको पैँयुको रुखमा करेला टिप्न गएको बेला सोही रुखबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेको र थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको उनका दाजु शेरसिंह घर्तिले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार