सोमबार थपिए २५९ कोरोना संक्रमित, २६४ जना निको

नेपालमा सोमबार थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको ७ हजार २३१ र एन्टिजेन विधिबाट गरिएको २ हजार ६५७ परिक्षणमा २५९ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २ हजार ६५३ जना पुगेको छ ।

यस्तै आज थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने हालसम्म ११ हजार ५२४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार