प्रभु साह एमाले केन्द्रिय सदस्यमा निर्विरोध, प्रदेश-२ का सबै विजयी हुने

नेकपा एमालेको १० औं महाधिवेसनवाट प्रभु साह केन्द्रिय सदस्यमा निर्विरोध भएका छन् ।

केन्द्रिय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सुचना अनुसार प्रदेश २ बाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरे पछि साह केन्द्रिय कमिटीमा विजयी हुने भएका हुन् । प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रिय सदस्य चयन हुने भएका छन् ।

प्रदेश–२ बाट पूर्व माओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटाबाट केन्द्रिय कमिटीमा पुग्ने भएका छन भने महिला कोटाबाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन् ।

यद्धपी, औपचारिक रुपमा केन्द्रिय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

उपेन्द्र साह माओवादी परित्याग गरी एमालेमा आएका नेता हुन् भने लेखीले केही समय अघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार