जापानले लगायो सबै विदेशी यात्रुमाथि रोक

जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलन थालेसँगै जापानले मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

सोमबार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई मुलुक प्रवेशमा रोक लगाउने बताए । जापानले एक महिना पहिले विद्यार्थी, कामदार र पर्यटकको लागि खुला गर्ने निर्णय गरेको थियो । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ फैलन थालेपछि जापानले यस्तो निर्णय लिएको हो ।

‘जापानमा देखिन सक्ने सबैभन्दा खराब अवस्था नियन्त्रणका लागि पूर्वसावधानी स्वरुप यो कदम चालेका हौं,’ प्रधानमन्त्री किशिदाले भने । मंगलबारदेखि विदेशी यात्रुलाई प्रवेशमा रोक लगाइने उनको भनाइ थियो ।

यसअघि इजरायलले आइतबार सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । त्यस्तै मोरक्कोमा आजदेखि अन्य मुलुकबाट हुने सबै उडान बन्द गरिँदै छ । बेलायत, अमेरिकासहितका विभिन्न मुलुकले दक्षिण अफ्रिकी मुलुबाट हुने यात्रामाथि प्रतिबन्ध लगाइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार