एमाले उपाध्यक्षमा क–कसले गराए उम्मेदवारी दर्ता ?

एमालेको जारी महाधिवेशन अन्तरगत उपाध्यक्षमा विष्णु पौडेल र घनश्यम भुसालले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै यता ओलीले घोषणा गरेको सूचीमा नपरेका घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । ओलीले घोषणा गरेर केन्द्रीय कमिटी बनाउने निर्णयप्रति आपत्ति जनाउँदै आएका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

उपाध्यक्षका लागि रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार