एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।

उम्मेदवारी दर्ता गर्दै नेता रावलले जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गरेका छन् । उनले पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा नहुने भन्दै आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बन्दसत्रमा नामावली प्रस्तुत गरी अनुमोदन गराएका बेला रावल अध्यक्षमा भीड्न लागेका हुन् । रावलनिकट नेताहरुका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेदवारी पर्नेछ । उम्मेदवारीका लागि आकांक्षीहरु बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगमा पुगिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार