केपी ओलीले छाने १९ पदाधिकारी (सूचीसहित)

१० भाइमध्येका रावल, भुसाल र आचार्य परेनन्

नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले १९ जना पदाधिकारीको नाम प्रस्तुत गरेका छन् ।

ओलीले केन्द्रीय कमिटीमा ३०१ जनाको नाम प्रस्ताव गर्दा पदाधिकारीमा आफूसहित १९ नेताहरूको नाम प्रस्ताव गरेका हुन् । तर, उनको प्रस्ताव सर्वसम्मत हुन सकेन ।

उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका छन् । महासचिवमा भने शंकर पोखरेलको नाम राखिएको छ ।

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरिएको छ ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव हुँदा सचिवमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठको नाम प्रस्ताव भयो ।

ओलीले घोषणा गरेको पदाधिकारीमा १० बुँदे सम्झौता गरेर एमालेमै रहेका नेतात्रय भीम रावल, घनश्याम भुसाल र भीम आचार्य परेनन् । रावल अध्यक्षका दाबेदार हुन् भने भुसाल उपाध्यक्षका दाबेदार हुन् । त्यस्तै भीम आचार्य यसअघि पार्टी सचिव थिए ।

रावल र भुसाल पदाधिकारीमा नसमेटिएपछि चुनाव हुने सम्भावना बढेको छ । अहिले ८ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ ।

Loading...