ओलीले पदाधिकारी र केन्द्रिय सदस्यको सूची पेश गरेकोमा रावल र भुषालको आपत्ति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पेस गरेको सूचीप्रति भीम रावल र घनश्याम भुषालले आपत्ति जनाएका छन् ।

 

रावल र भुषालले अध्यक्षमण्डलमा छलफल नै नभएको विषय अध्यक्षले बन्दसत्रमा पेस गरेको भन्दै आपत्ति जनाएका हुन् ।

रावलले भने— अध्यक्षमण्डलमा छलफल भएको छैन । यो सबै प्रक्रिया प्रति मेरो असहमति छ ।

उनले अहिलेसम्मका सबै प्रक्रियामा आफ्नो असहमति जनाउँदै चुनावमा जाने बताए ।
अध्यक्ष ओलीले बन्लदसत्रमा केन्द्रीय सदस्य र विभिन्न आयोगमा पदाधिकारीहरुको नाम प्रस्ताव गरेका थिए । बन्दसत्रले ती नाम अनुमोदन पनि गरिसकेको छ ।

यी हुन् एमालेका ३०१ जना केन्द्रीय सदस्य (पूरा सूचीसहित)

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकरको नाम घोषणा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार