वैदेशिक रोजगारले निम्त्याएको समस्याः श्रीमान विदेशमा, श्रीमती अर्कैसँग

बुधबार नयाँ बसपार्क क्षेत्रमा धेरै गाडीको भिडमा एउटा सार्वजानिक गाडी गुडिरहेको थियो ।
गाडी पछाडी लेखिएको भाषा यति निकृष्ट लाग्थ्यो कि, यो समाजका बिदेशमा जाने यूवा काईते र श्रीमान बिदेशमा भएका सम्पूर्ण महिला चारित्रिक रुपले गलत छन । आजकलको गाँउ, कतार जाने यूवा र बिदेशमा श्रीमान हुने महिलालाई जोडेर जति झट्ट पढ्दा रमाईलो लाग्ने सायरी लेखिएको थियो । त्यतीकै गम्भिर भएर सोच्दा एउटा निकृष्ट तर्क, नांगो काव्य र लाजलाग्दो परिभाषाका छताछुल्ल थियो ।

बिडम्बना नेपाली समाजमा भित्रभित्रै झाँगिएको यो परिभाषालाई पुष्टाउने सयौ दृष्टान्त थिए ।

२४ वर्षीया मोनिका (नाम परिवर्तन) को बिहे सात वर्षअघि गाँउकै एक यूवकसँग भयो । अर्को बर्ष उनीहरुको छोरा जन्मियो । एउटै छोराले बिहे गरेर ल्याएकी बुहारी सासु ससुराका लागी निक्कै चाख थियो । सासू ससुराले आत्मविश्वाससहित बुहारीलाई घरसम्पत्तिमा सहज अधिकार पनि दिए । अरु सबै खुसीसँगै चलिरहेको थियो तर निम्न आर्थिक हैसियतका कारण मोनिकाका श्रीमान आर्थिक उपार्जनका लागी भन्दै विदेश जाने निधो गरे ।

शुरुमा त मोनिकाले उनी विदेश गए आफु बाँच्नै नसक्ने भन्दै रोई कराई गरिन् । तर ऋणबाट लाखौ खर्च गरेर भिषा टिकट हात पारेपछि मोनिकाका श्रीमान मोनिकाको आग्रहलाई सुन्ने अवस्थामा थिएनन् । बरु उनलाई सम्झाई बुझाई गरे र विदेशतिर हानिए । छिट्टै धन कमाएर फर्कने बाचासहित श्रीमान विदेश लागेको २ महिना नबित्दै मोनिकाको दिलमा अर्को पुरुषले प्रबेश पायोे । पति विदेश लागेपछि परपुरुषसँग हिमचिम बढाएकी मोनिकामाथी परिवारले शंकाका नजरले केरकार गर्न थाल्यो तर मोनिका भने उनीहरुको केरकारले सुध्रिनुको साटो भएको केही सम्पति समेत बोकेर अर्को त्यही पुरुषसँग टाप कसिन ।

घटनाअनुसार मोनिकाले पति बिदेश गएको हप्तादिनदेखी नै केटालाई घरमै बोलाउँथिन । सासूससुरा र घरका सदस्यलाई काकाका छोरा भनेर चिनाउँथिन् । सातवर्षे छोरालाई ‘मामा’ भन्न सिकाइन् । भाइसँग माइत जान्छु भन्दै उनी तिनै पुरुषसँग काठमाडौं ओहरदोहर गर्न थालिन् । माइती पक्षलाई काका ससुराको छोरा भनेर परिचय गराइन् । विदेशमा रहेका पतिको मात्र होइन्, उनले घर र माइती दुवै पक्षको आँखामा झुटको साहाराले छारो हाल्दै गइन् । झुटो धेरै दिन टिक्दैन्, माइतीका दाजुलाई शंका लागेपछि बहिनीको घरमा उनका जेठाजुलाई फोन गरेर ती पुरुषबारे सोधेपछि बल्ल रहस्य खुल्यो । त्यो पुरुष देवर वा भाइ नभई उनको पे्रमी रहेको रहस्य खुले लगत्तै कल्पना परिवार, माइती र आफ्नै छोरालाई समेत त्यागेर त्यही केटासँग हिँडिन् ।

श्रीमती बेपत्ता भएको खवर पाएपछि नेपाल फर्केका मोनिकाको श्रीमानले श्रीमती सम्पत्ति र गरगहनासहित सम्र्पकविहिन भएकाले खोज तलास गरिपाँउ भनि निवेदन दिएका थिए । ताराकेश्वर नगरपालिका–३ बस्ने नुवाकोटकी २० वर्षीया कान्छि मगर (परिर्वतिन नाम) का पति झोमे लामा (परिर्वतित नाम) बिहे गरेको दोस्रो महिनामा नै कतार हिडे । कक्षा १२ को परिक्षामा फेल भएका लामा नेपालमा पानीको ट्याक्टर व्यावसायमा लागेका थिए । बिहेपछि भविष्यका लागी भनेर कतार लागेका लामाले कतार पुगेकै ५ औं महिनामा ४ लाख पठाए । लामाले पठाएको पैसासहित घरछाडेर हिडेकी मगर अहिलेसम्म परिवारको सम्पर्कमा छैनन् । तारकेश्वर ३ को डेरामा सासु र ससुरासँग बस्दै आएकी मगरसँगै उनकै ट्याक्कर चलाउने ड्राईभर पनि हराएकाले मगर तिनै ड्राईभरसँग भागेको अनुमान परिवारको छ । यता ३ महिनादेखि बेपत्ता ड्राईभरकी श्रीमती हरेक दिने दुई नाबालक सँगै पतिको खोजीमा भौतारिरहेकी छन् ।

वैदेशिक रोजगारीले निम्ताएका यी त प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो दिन विदेशिने युवाको संख्या जसरी बढ्दो छ, त्यसरी नै पारिवारिक सम्बन्धान अनेक समस्या आईरहेका छन् ।

के भन्छ प्रहरीः
काठमाडौं प्रहरीको महिला सेलमा मात्रै यसरी धनसम्पति सहित घर छाडेर हिडेका महिलाको खोजी गरिपाँउ भन्दै हरेक दिन दर्जन बढि उजुरी आउने गरेका छन् । प्रहरी कार्यालय रानीपोखरीका अनुसार गएको १ महिना यता मात्रै मानिस हराएको भन्दै ७९ वटा निवेदन दर्ता भएका छन् । जसमध्ये महिला हराएकाले खोजी पाँउ भन्ने व्यहोराका ३६ वटा छन् । बाँकी मुद्दा मध्ये ४ पुरुष र बाँकी बालबालिका हराएकाले खोजी पाँउ भन्ने व्यहोराका निवेदन दर्ता भएका छन् । यसरी हराएका ३६ निवेदन मध्ये ३१ मुद्दा माथीका घटनासँग मिल्दाजुल्दा छन् ।

यस्ता पनि घटना छन्ः
महानगरीय प्रहरी कार्यालय, रानीपोखरी अन्तर्गत महिला सेलका प्रहरी नायव निरिक्षक पुष्पा थापाका अनुसार ७९ जना एक महिनाको समयमा हराएका छन् । पति विदेसीएपछिको प्रेमसम्बन्ध बाहेक अन्य कारण पनि महिलाले घर छाडेर हिँडेका उदाहरण छन् । विदेश बसेका पति घर फर्किएपछि आफूले पठाएको रकमको हिसाबकिताब हुने र त्यसैमा झगडा परेर तनाबमा पत्नीले घर छाडेका उजुरीमा आइरहन्छन् ।

विदेशमा रहँदा पतिले कमाएर पठाएको रकम सही ठाउँमा खर्च नगर्ने महिला सम्बन्धमा दरार बढ्दै गएर घरै छाडेका घटनाका उजुरीहरु प्रहरीमा आउने गरेको प्रहरीको तथ्याङक छ । प्रहरीमा दर्ता भएका यस्ता निवेदनलाई प्रहरीले प्रक्रियामा लगेरै टुङ्ग्याउने गरेको छ । प्रहरीले यस्ता उजुरीका अध्ययन गरेर घटनाको यथार्थ पत्ता लागेपछि खोजतलास गर्नुपर्ने व्यक्तिबारे मातहत र माथिल्लो निकायमा परिपत्र गर्ने गरेको छ । यस्तो अनुसन्धानले यसरी सम्र्पकविहिन भएका महिलामध्ये झण्डै ६० प्रतिशतमहिला प्रहरीको सम्र्पकमा आउने गरेका छन् ।

यसरी सम्पर्कमा आउनेमध्ये केहीलाई प्रहरीले सकेसम्म सहमति गराएरै पुरानै परिवारीक संरचनामा फर्काउने गरेका घटना पनि धेरै छन् । तर यसरी फर्किएका महिलाहरुको सम्बन्ध केहीको राम्रै भएपनि धेरैको कालन्तरमा सम्वन्धमा धमिलोपना उत्पन्न हुँदै जाँदा पुनः दुर्घटनामा समेत पर्ने गरेका छन् ।

महिला शसक्तिकरणले झन समस्याः
समाजमा यस्ता घटना बढ्दै जानुको मुख्य कारण महिला शसक्तिकरणकै एउटा पाटोले पारेको नकारात्मक असर भएको बताउँनुहुन्छ मनोविद कुमुद आर्चाय । श्रीमान अर्थोपार्जनका लागी विदेश गएपछि महिलामा आर्थिक बोझ कम हुने भएकाले महिलाहरु बढि फुर्सदिला हुन्छन । यहि फुर्सदलाई मनोरञ्जनात्मक बनाउने बाहानामा महिलाहरु गलत बाटो रोज्ने गरेको आचार्यको बुझाई छ ।

महिला अधिकारका क्षेत्रमा कार्यरत संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापाको बुझाई भने भिन्न छ । श्रीमान विदेश गएपछि विदेशबाटै आउने पैसामा समाजका दुचरित्रवाला पुरुषको नजर पर्दा यस्ता घटना हुने गरेको थापाको बुझाई छ । पति विदेश गएपछि एक्लो महसुस गर्ने महिलाको कमजोरीको फाईदा लुट्न माहिर पुरुषले विभिन्न प्रलोभनमा राखेर पारिवारिक सम्बन्ध टुक्राउन सक्ने भएकाले महिला स्ंवय पनि बढि फुर्सदिलो भन्दा व्यस्त रहनुपर्ने उहाँको तर्क छ । फुर्सदिलो भएपछि टिभी हेर्ने, मोबाइलमा अलमलिने, फिल्म हेर्ने, साथै विभिन्न स्थानमा घुम्न जादाँ भेटिने गलत मान्छेका संगतले महिलामा नकारात्मक सोच आउने र गलत बाटो लिने अवस्था आउने बताउँनुहुन्छ मनोचिकित्सक डा. कपिल उपाध्याय ।

समाजमा विदेशिएका पुरुषका श्रीमती र एकल महिलालाई गलत ढंगले हेर्ने नेपाली सामाजिक संस्कारका कारण पनि कतिपय महिला यिनै गलत  फस्ने गरेका छन । झन पछि झन विकाराल बन्दै गएको यो समस्याको मुख्य कारण भनेकै पतिपत्नीबीचको दूरी हो । भौगोलिक रुपमा टाढा भएपनि भावात्मक रुपमा एकअर्कोबीचको सम्बन्धलाई सुमधुर राख्न सके मात्रैपनि यस्ता समस्या आधा कम हुने उपाध्ययको भनाई छ ।

अन्त्यमा के गर्न सकिन्छ ?

४/५ वर्षसम्म घर नफर्कने, हेलमेललाई औपचारिकतामै सीमित राख्ने गरेका कारण पनि यस्ता घट्ना घट्न सक्ने भएकाले यसमा स्वंयम महिला पुरुष नै बढि सचेत हुनुपर्ने उहाँको सुझाव छ ।

घरमा रहेकी पत्नीमा मनोवैज्ञानिक असर नपुगोस् भन्नेतर्फ पुरुष पनि सचेत हुनुपर्छ । दैनिक वा साप्ताहिक रुपमा आत्मीय व्यवहार प्रस्तुत गरेर आफ्नो विश्वासपात्रलाई निगरानी गर्न सकिने उनी उपाय सुझाउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार