झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाधिए मुकुन्द घिमिरे

सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् । शनिबार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

उनी सामाजिक सञ्जालमा सधै चर्चामा रहने व्यक्ति हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै उनी निकै चर्चामा रहेका थिए । यतिबेला भने सामाजिक सञ्जालमा उनको चर्चा हुने गरेको छ ।
पछिल्ला केही महिनायता उनले मङ्सिरमा बिहे गर्ने भन्दै क्लब हाउस, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत केटी खोजिरहेको बताइरहेका थिए । मुकुन्देले इन्गेजमेन्टको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरे पनि बिहेको मितिबारे सार्वजनिक गरेका छैनन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार