ओलीको भाषणका बीचमै कार्यक्रमस्थलबाट बाहिरिए विदेशी पाहुनाहरु

नेकपा एमालेको १०औं महाधिवेशनमा सहभागी हुन आएका विदेशी पाहुनाहरू बीचमै कार्यक्रम स्थलबाट हिँडेका छन् । एमाले अध्यक्ष केपी ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडेका हुन् ।

बन्द सत्रमा लामो बोलेपछि विदेशी पाहुनाहरू ओलीको सम्बोधनकै क्रममा कार्यक्रम स्थलबाट बाहिरिएका छन् । कम्बोडिया, बंगलादेश, श्रीलंकाका भारतका कम्युनिस्टसहित विभिन्न पार्टीका नेता हिँडेका हुन् । उनीहरूलाई विदेश विभाग प्रमुख राजन भट्टराईले गेटसम्म छोडेका थिए ।

ओली बोलिरहँदा विदेशी प्रतिनिधिले जाने भनेपछि उनले सम्बोधन रोकेर पाहुनाको बिदाइ गरिसकेपछि फेरी बोल्न सुरु गरेका छन् । उता ओलीले लामो समय बोल्दा प्रतिनिधिहरू पनि टेन्ट बाहिर गफ गरिरहेका छन् ।

ओलीले लामो भाषण गर्न थालेपछि प्रतिनिधिहरू अध्यक्षका प्रत्यासी भीम रावलसँग कुरा गर्न व्यस्त छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार