माओवादी केन्द्रले तेह्रथुमका ४३ वटै वडामा छान्याे सर्वसम्मत नेतृत्व

माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन  गरेको छ ।

गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले जिल्लाको ४३ वटै वडामा नेतृत्व सम्पन्न गरेको केन्द्रका जिल्ला समन्वय समितिका सचिव तेजमान कन्दङ्वाले जानकारी दिए ।

आसन्न केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा वडा सम्मेलनमा जुटेको केन्द्रले गाउँगाउँमा नेता कार्यकर्ताहरूसँग भेटघाट र संगठन विस्तारलाई तीव्रता दिन थालेको छ । वडा सम्मेलन सम्पन्नसँगै पालिका सम्मेलनमा तयारी गरेको माओवादी केन्द्र तेह्रथुमका छथर अध्यक्ष अनिल आंखेवाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार