कोरोनाको नयाँ भेरियन्टको नाम ओमिक्रोन, पुन: संक्रमणको जोखिम उच्च

विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ ।

विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा हालै फेला परेको कोभिड-१९ को नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको हो । संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ समेत भनेको छ ।

दक्षिण अफ्रिकामा गएको बुधबार पुष्टि भएको ओमिक्रोन भेरियन्ट बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ ।

नयाँ भेरियन्ट देखिएपछि धेरैजसो देशले दक्षिण अफ्रिकासँगको हवाई सम्बन्धविच्छेद गरेका छन् ।

डब्ल्यूएचओले नयाँ भेरियन्टको सङ्क्रमणको प्रभाव बुझ्न अझै केही हप्ता लाग्ने बताएको छ । अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीले नयाँ भेरियन्टले थप खतराको सङ्केत गरे पनि यसको समाधान निकाल्न सकिने विश्वास व्यक्त गरेका छन् ।

नयाँ भेरियन्टले सङ्क्रमणदर बढाउने र खोपको प्रभावकारिता कम हुन सक्ने भन्दै वैज्ञानिक चिन्तित बनेको खबरमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार