सूर्यविनायकमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छन् । बा ३ ख ५४२३ नम्बरको टिपरले बा ५७ प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा घर भइ ललितपुरको कुसुन्ती बस्दै आएका २४ वर्षका असिम लिम्बुको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटरको पछाडि सवार ललितपुर पाटनका २६ वर्षका सन्दीप महर्जन घाइते भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार