८ बजे बस्ने भनिएको एमाले केन्द्रीय समिति बैठक अझै सुरु भएन

नेकपा एमाले केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन । वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार बेलुका ८ बजे बस्ने भनिएको भए पनि अझै सुरु हुन सकेको छैन ।

चितवनमा एमालेको १०औं महाधिवेशन जारी छ । ९औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको अन्तिम बैठक आज ८ बजे बस्ने भनिएको थियो ।

आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्ने भनिएको बैठकमा अध्यक्ष केपी शर्मा ओली अझै नआएकाले बैठक नसकेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार