पाल्पामा चिर्पट प्रहार गरेर छोराले गरे आमाको हत्या

पाल्पाको रिब्दीकोट गाउँपालिका–८ पलाचौरमा चिर्पट प्रहार गरेर छोराले आमाको हत्या गरेका छन् । ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । छोरा कृष्णलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार