नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि भुसाल अध्यक्षमा उठ्ने चर्चा थियो ।
नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिशेन शुक्रबारदेखि चितवनमा सुरु भएको छ । आज शुक्रबार उद्घाटन सत्र सकिएको छ भने भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ । निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ । यद्यपि अध्यक्षसहित केन्द्रीय पदाधिकारीमा सहमतिको प्रयास पनि भइरहेको नेताहरुले बताएका छन् ।