शुक्रबार थप ३०८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

नेपालमा शुक्रबार थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १ सय ४ जनाको पीसीआर परीक्षणमा २८१ जना र १ हजार ८ सय ५ जनाको एन्टिजेन परीक्षणमा २७ जना गरी ३०८ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ । थप २९८ जना कोरोना भाइरसमुक्त भएका छन् भने हालसम्म ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ जना रहेका छन् । जसमध्ये ६ हजार ९६१ जना होम आइसोलेसनमा रहेका छन् भने ३८८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार