कस्ले खान्छ दैनिक ८ सय भैसीको म.म. काठमाडौंमा ? के यो स्वास्थ्यका लागी ठिक छ ?

राजु सुवेदी,  काठमाडौं ।

नेपालीहरुले पैसा, स्वाद र सन्तुष्टिका हिसावले कुनै एक उत्कृष्ट खाजाको नाम लिन लगाए उनिहरुको मुखबाट म.म. बाहेक सायदै आउने गरेको छ । तर त्यही म.म. बारेभने धेरैलाई जानकारी नहुन सक्छ । उपत्यकाभित्र मात्रै दैनिक ३ करोड बढिको कारोवार हुने म.म. नेपालमा २०२० सालदेखी नै खान थालिएको अनौपचारिक तथ्याङक छ ।

तिब्बती खाना म.म. नेपालमा व्यापारका लागी तिब्बत जाने काठमाडौंका नेवारी समुदायले भित्राएको अनुमान छ । तिब्बतमा मोहोमोका नामबाट परिचित स्वादिष्ट खाना नेपालमा खासगरि तिब्बतसँग व्यापारीक सम्बन्ध जोडिएका नेवारी समुदायले खानाको रुपमा भित्राएको बसन्तपूरका ६९ बर्षिय कडककाजु ब्रजाचार्य बताउँछन । तर म.म.ले नेपाल भित्रिएको थोरै समयमै निकै फडको मारेको छ ।

काठमाडौंको न्युरोडमा २०२४ सालमा आरसी म.म.को नामबाट म.म.ले व्यवसायिक मोड लिएको म.म. किंगका शरद कक्षपति बताउँनुहुन्छ । अहिलेपनि न्युरोडको रञ्जनागल्लीमा म.म.को व्यापार गदै आएको आरसी म.म. लाई नै नेपालमा म.म. सस्कृति भित्राएको श्रेय जान्छ । अहिले म.म. बिभिन्न स्वादमा पाईनेभएपनि उतिबेला भैसी वा राँगोको मात्रै बन्ने गरेको जानकारहरु बताउछन ।

बाहिर पिठोको डल्लोले बेरेका कारण उतिबेलै पनि धेरैले लु्केरै भएपनि बफ म.म. खाने गरेको पाटनका रामप्रसाद राई सम्झन्छन । शुरु भएको २ बर्षमै आरसी म.म. ले सबैको मनजितेपछि एकैपटक उपत्याकाको काठमाडौंमा मासाङ गल्ली, न्युरोड, बसन्तपुर, महाबौद्ध, झोंछे, असन इन्द्रचोक लगायतका एकैपटक म.म. अखडा खुलेको मख्खनका बुद्धकाजी रौनियारको भनाई छ ।

ललितपुरमा भने लामा थरका एक व्यक्तिे पाटनमा म.म. पसल खोलेर व्यापार शुरु गरेको पाटनका जानकारहरु बताउछन । तिब्बतमा मोहोमोको नामबाट प्रख्यात म.म. को नेपालमा भने भिन्न नाम रहन गएको देखिन्छ । पाटनका भाईगाजु शाक्यका अनुसार नेपालमा प्रचलित लाम्चो म.म. लाई म.म. र डल्लो म. म. लाई मःमचा भन्ने प्रचलन छ ।

तिब्बतमा लाम्चो आकारको म.म. मात्रै प्रचलनमा रहेकाले नेपालका नेवार समुदायले म.म. मा चा जोडेर डल्लो आकारको म.म. बनाउन थालेको मनईका राजकर्णिकार बताउँनुहुन्छ । नेवारी भाषामा म.म.का पछाडी जोडिएको चा को अर्थ लोकल भन्ने बुझिन्छ । तिब्बतमा कोथे, रिबोच, स्टिम, हागौं, च्याछु, पाउछु, डिम्सुङ, सुमाई, जस्ता बिभिन्न प्रकारका म.म. प्रचलनमा भएपनि नेपालमा भने बफ, चिकन, पोर्क, भेज, सी, फ्राई लगायतका म.म. प्रचलनमा छ ।

यसकारण लोकप्रिय बन्यो म.म.
नेपाल भित्रिएको ४० बर्षमा नेपालमा म.म. यति लोकप्रिय भयो कि नेपालको शहरी क्षेत्रमा बस्नेमध्ये ९० प्रतिशतमा खाजा र म.म. प्रयायवाची जस्तै बन्यो । काठमाडौंको नयाँबजारका २३ बर्षिय हरिश माथेमाले म.म. को स्वाद लिएको ४ बर्षमात्रै भयो । तर अहिले उनलाई दिनको एकपटक म.म. खाएनन भने खाजा खाएजस्तै हुदैन । भन्छन मज्जाले अरु खाजाले पेट भरिएपनि साथी खोजेरै भएपनि एकप्लेट म.म. नखाए भोकै छु जस्तो हुन्छ ।

गोरखाका शिव रम्तेल महाबौद्धमा भरियाको काम गर्छन । एकैपटक ७० केजीसम्मको भारी बोक्ने उनि खानाको रुपमा दैनिक २ प्लेटमात्रै म.म. खाने गरेको बताउछन । बफ म.म. खाने गरेका उनि भन्छन । ९० रुपैयामा आउने म.म.मा मासु पनि पिठो पनि हुने भएकाले आडिलो हुने बताउछन ।

गएको भदौं पहिलो हप्ता डिल्लीबजारको म.म. पसल अघि एउटा रातो कार रोकियो । बेलुकीको ५ बजेको समयमा रोकिएको सेतो नम्बर प्लेटको कारबाट ५ प्लेट म.म.को अर्डर भयो । सरकारी सेवामा सचिवको रुपमा कार्यरत उनि खाना बनाउनुभन्दा सजिलो हुने भएकाले हप्ताको २ दिन यसरी नै म.म. लैजाने गरेको बताए ।

यसरी म.म. रहर मात्रै नभएर बाध्याताको खाना जस्तै बनेको छ । पहिले सिमित ठाँउमा म.म. पसलहरु हुने भएतापनि अहिले चोकचोक र गल्ली गल्लीमा म.म. पसल खुलेका छन। अझै रत्नपार्क, गोंगबु, चावहिल, सोह्रखुट्टे लगायतमा त २४ सै घण्टा म.म. बेच्ने ठेला चल्छन ।

छिटो खान सकिने, खानाका लागी साथी नचाहिने (वान कोर्स मिल) स्वादिलो, आडिलो, (होल मिल, अर्थात दालभातकै काम गर्ने) भएकै कारण म.म. सबैको प्रिय खाजा बनेको म.म. पारखीहरु बताउछन । यसमा शरिरका लागी आवश्यक प्रोटिन, कार्बोहाईड्रेट, जस्तो तत्व पाईने भएकाले पनि म.म. प्रचलन बढेको डा. बद्रि बहादुर थापाको भनाई छ ।

म.म. को कारोबार यसकारण बढि छ

हुनत प्रचलित नेपालका परम्परागत खाजाहरुसँगै पश्चिमा मुलुकमा प्रचलित पिज्जा बर्गर जस्ता खाजाका प्रकारहरुपनि नेपाली बजारमा भित्रिएको छन । तर म.म.को ठाँउ भने अरु कुनै खाजाले लिन सकेको छैन । पहिलेपहिले ५ प्लेट म.म. बेच्न धौंधौ हुने सामान्य पसलमा पनि अहिले २० केजी भन्दा बढिको म.म. बिक्री हुने गरेको छ ।

पहिले पहिले जाँडो याममा शरिर तताउनकै लागी तात्तातो सुपसँग म.म. खाने चलन भएपनि अहिले बिभिन्न स्वादका अचारसहित हरेक सिजनमा म.म. उपभोक्ताको उक्तिकै रोजाईमा छ ।

अनौपचारिक तथ्यांकअनुसार उपत्यकामा दैनिक ३ करोड बढिको म.म.को कारोबार हुने गरेको छ । अखिल नेपाल होटल तथा रेष्टुरेण्ट मजदुर संघको तथ्याङक अनुसार उपत्यकामा मात्रै २ हजार ३ सय होटल र ४ हजारभन्दाबढि रेष्टुरेण्टहरु छन ।

जसमध्ये म.म. नपाईने होटल तथा रेष्टुरेण्ट एकदम कम छन । यसबाहेक सडकपेटी र ठेलागाडामा म.म. बेच्नेहरु पनि कम छैनन । उपत्यकाका थानकोट, साँगा, फर्फिङ, ककनी नाकाबाट गरि दै

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार