ओलीले भने: प्रधानमन्त्रीज्यू ! मेरो खुट्टा तान्नेहरू तपाईँका खुट्टा तान्दै छन्

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरू प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सतर्क हुन आह्वान गरेका छन् ।

१०औँ महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उद्घाटनका वेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रूपमा बोलाएर आलोचना नगर्ने बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गरे ।

उनले प्रधानमन्त्रीले काम गर्न खोज्दा पनि सहयात्रीबाट साथ नपाइरहेको पनि बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार