नबिल बैंकद्वारा सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल एसएसई’ कार्यक्रम सुरु

 नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (Nabil School of Social Entrepreneurship – Nabil SSE) सुरु गरेको छ।

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ। स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रर्द्धन गर्ने उद्देश्यका साथ नबिल एएईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोसिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ।

सुरुआती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका निम्न स्कुल÷कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ–

यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्नेछ।

त्यसैगरी फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो। जुन काठमाण्डौमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता बैंकले आजै गरेको छ। यसैगरी एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागिलाई संलग्न गराउँने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआत गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।

यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिलाई उद्यमशीलताको तालिम दिइनेछ। उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध  हुनेछ। सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच  बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुवैमध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन्।

नबिल एसएसईका दुवै कोर्स पूरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा गरिएको छ। उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, ऊर्जा र जलवायु परिवर्तनजस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन्। सहभागीहरुले सामाजिक उद्यम सञ्चालनको तरिकासँगै आधारभूत कानुनी तथा करसम्बन्धी ज्ञान पनि पाउनेछन्। उनीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक  योजना तथा बजेट व्यवस्थापनजस्ता व्यवसाय सञ्चालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउनेछन्।

लघुवित्त, संस्था व्यवस्थापन, परियोजना सञ्चालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरणजस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ। यसले गर्दा यो तालिम व्यवसाय सुरुआत तथा सञ्चालनमा मात्र सीमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससँग समेत जोडिएको छ। यसरी व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागिसमेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्नेछ।

नेपालको संविधानले परिकल्पना गरेको हरेक नागरिकको आर्थिक, सामाजिक र समावेशी विकासको भावनालाई प्रबर्द्धन गर्न यो कार्यक्रमले निजी, सार्वजनिक, शैक्षिक संस्था र समुदायवीचको रचनात्मक सामूहिकतालाई प्रवर्द्धन गर्ने  प्रयास गरेको छ। दिगो विकास लक्ष्य, नेपालको पन्ध्रौँ आवधिक योजना लगायतका दस्तावेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता  कार्यक्रमले सहयोग पुग्ने छ।

यो कार्यक्रम पूर्ण व्यावसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा सानाभन्दा साना सीप र रोजगारी गरी जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी बनाउन एक नयाँ सुरुआत हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार