एमाले महाधिवेशनको उद्घाटन सत्र सुरू

देउवा, ओली र यादव पाँच महिनापछि एउटै मञ्चमा

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरू भएको छ । चितवनको नारायणी नदी किनारमा तयार भएको मञ्चमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सँग–सँगै पुगेका हुन् ।

उनीहरु दुवैलाई पार्टी प्रवक्ता तथा कार्यक्रम प्रस्तोता प्रदीप ज्ञवालीले आसन ग्रहण गराएका छन् । देउवा हेलिकप्टरबाट एमाले महाधिवेशनमा भाग लिनकै लागि चितवन पुगेका हुन् । करिब ५ महिनापछि देउवा र ओली एउटै मञ्चमा यसरी भेट भएका हुन् ।

उनीहरूसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि मञ्चमा पुगेका छन् । ओली र देउवा पुगेपछि लगत्तै राष्ट्रिय गान गाएर उद्घाटन सत्र अघि बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार