एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम सुरु

नेकपा  (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको कार्यक्रम सञ्चालक तथा सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

कार्यक्रम स्थलमा शीर्ष नेताहरू मुख्य मञ्चमा उपस्थित भइसकेका छन् । अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा आउने क्रममा रहेको बताइएको छ ।

महाधिवेशनमा देशभरबाट करिब २ हजार बढी प्रतिनिधिहरु सहभागी हुनेछन् । त्यस्तै, आजको उद्घाटन सत्रमा भने देशभरबाट करिब ५ लाख नेता कार्यकर्ताहरुको उपस्थित हुने एमालेले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार