एमाले महाधिवेशनमा माओवादीको तर्फबाट लिलामणि पोखरेल सहभागी हुने

नेकपा एमालेको १०औं महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फवाट लिलामणि पोखरेल चितवन पुगेका छन् ।

एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो ।

प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गएका छन् । आफू नजाने भएपछि उनले नेता पोखरेललाई पठाएका हुन् । पोखरेल चितवन पुगिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार