मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल

पाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसियाविरुद्ध जितको विकल्प छैन । त्यसैले नेपाल बलियो मलेसियाविरुद्ध २ अंकको खोजीसहित नेटरनरेटलाई सुधार गर्ने योजनामा हुनेछ ।

नेपालले सन् सन् २०१९ मा भएको दुवै भेटमा मलेसियालाई पराजित गरेको छ । जनवरीमा भएको खेलमा ६ विकेटले जित निकाल्दा फेब्रवरीमा भएको खेलमा ३४ रनले पराजित गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार