चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले बन कार्यालयसँग समन्वय गरी मृतकको शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार