मन्त्रिपरिषद् बैठक साँझ ५ बजे, कोरोना नियन्त्रण विषयमा छलफल हुने

Sunrise Bank Middle Size

मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिए ।

केही दिन यता कोेभिड १९ सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीले सो विषयमा छलफल गरिरहेको छ । गत शनिबार बसेको सीसीएमसी बैठकले ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरिसकेको छ । सो विषयमा केन्द्रित भएर आज छलफल हुने बताइएको छ ।

सीसीएमसीले काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ । बैठकमा मन्त्रालयगत अन्य नियमित एजेण्डाबारे पनि छलफल हुने बालुवाटार स्रोतको भनाइ छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...