उदयपुर क्षेत्र नं १ मा खगेन्द्र राई र २ मा रामकुमार राई विजयी

नेपाली कांग्रेस उदयपुरमा सम्पन्न भएको १४औँ महाधिवेशनको जिल्ला निर्वाचन र मतगणनापछि जिल्ला क्षेत्रीय सभापतिमा जिल्लाको क्षेत्र नं १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई विजयी भएका छन् ।

क्षेत्र नं १ मा चौदण्डीगढी नगरपालिकाका प्रमुखसमेत रहेका खगेन्द्र आफ्ना प्रतिद्वन्द्वी वसन्त बस्नेतलाई १० मतको अन्तरले पराजित गरी ३४४ मतसहित क्षेत्रीय सभातिमा विजयी भएका छन् । यस्तै सचिवमा सुशील खत्री र सन्तोष कोइराला तथा सहसचिवमा ओमकार कटेल र बेचु चौधरी विजयी भएको कांग्रेसले जनाएको छ ।

यस्तै क्षेत्र नं २ मा क्षेत्रीय अध्यक्षमा रामकुमार राईले प्रतिद्वन्द्वी रामकुमार खत्रीलाई १५ मतको अन्तरले पराजित गर्दै ३१९ मत प्राप्त गरेको कांग्रेसले बताएको छ । सचिवमा मोहनसिंह ठकुरी र हीराकुमार कार्की विजयी भएका छन् भने सहसचिवमा कदमबहादुर कटवाल विजय भएको कांग्रेसका प्रवक्त मदनराज कटुवालले बताए ।

५० केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित
नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशनका लागि ५० केन्द्रीय प्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेस उदयपुरका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट २५ र क्षेत्र नं २ बाट २५ सहित कूल ५० केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जिल्ला पार्टी प्रवक्ता कटुवालले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार