प्रधानमन्त्री ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारी सूर्य थापाका अनुसार वैशाख ६ गतेका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने उनले बताए । एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ ।

माधव नेपाल पक्षको सहभागिताबिना बसेका यसअघिका बैठकले तीन नेताहरूसहितको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेकोमा यसबीचमा नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई निलम्बन गरिएको छ ।

बैठकले महाधिवेशन तयारीका साथै प्रदेश तथा जिल्ला र स्थानीय तहका कमिटीहरुलाई अधिवेशन आयोजक कमिटी बनाएर मंसिरअघि नै अधिवेशनहरू सम्पन्न गर्नका लागि कार्ययोजना बनाउने थापाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार