लमजुङमा डाँका मुद्दाका दुई फरार अभियुक्त पक्राउ

लमजुङ प्रहरीले डाँका मुद्दाका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका-६ का ४५ वर्षीय प्रकाश कतिला र मर्स्याङ्दी-९ का ३१ वर्षीय धुरमुस भन्ने अम्मरबहादुर घिमिरे रहेका छन् ।

उनीहरूलाई प्रहरीले बुधबार सदरमुकाम बेसीसहरबाट पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार कतिलालाई ३० दिन कैद र घिमिरेलाई २९ दिन कैद सजाय हुने गरी जिल्ला अदालत लमजुङबाट मुद्दा फैसला भएको थियो ।

उनीहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा २०७६ साउन २२ गते डाँका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार