विद्युत ग्रिड आधुनिकीकरण परियोजनाका लागि एडीबीले ७ अर्ब ऋण दिने

एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग दिने भएको छ । एडीबीले विद्युत ग्रिड आधुनिक परियोजनाको नाममा ऋण सहयोग उपलब्ध गराउन सहमत भएको हो ।

यसका लागि शुक्रबार बिहान ११ बजे एडीबीसँग ऋण सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको मन्त्रालयले जनाएको छ ।

यस्तै, परियोजनासम्बन्धी सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एडीबीका नेपाल निर्देशक काचोइसले हस्ताक्षर गर्ने कार्यक्रम छ । एडीबीले उपलब्ध गराउने ऋण सहायताको रकम विद्युत प्राधिकरणमार्फत परियोजना कार्यान्वयनका लागि खर्च गरिनेछ ।

एडीबीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जलविद्युत, प्रसारण लाइन तथा वितरण लाइनको निर्माण तथा स्तरोन्नतिका लागि ऋण सहायता उपलब्ध गराउँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार