बिहीबार ३०८ जनामा कोरोना संक्रमण पुष्टि, २९८ जना निको

नेपालमा बिहीबार ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १ हजार ८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ । यस्तै कोरोनाका कारण थप ३ जनालृ ज्यान गुमाएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७ हजार ३४९ रहेको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ठण्ढ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ भने ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ६ हजार ९६१ जना होम आइसोलेसनमा रहेका छन् भने ३८८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९७ जना आईसीयू र ४१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार