सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथा लागू गर्ने निर्णय

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

प्रधानन्यायाधीशको अनुपस्थितीमा सर्वोच्चका १८ न्यायाधीशहरुको बैठकले निर्णय गरेको हो । उक्त निर्णयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हस्ताक्षार गर्ने छन् ।

यसैबीच, सर्वोच्चका न्यायाधीशहरु आगामी बुधबारदेखि इजलासमा बस्‍ने भएका छन् ।

यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोकिँदै आएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार